कलाकारहरूलाई यही क्षेत्रमा जिउन सक्ने वातावरण सरकारले सिर्जना गर्छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कलाकारहरूलाई कलाकारिताको क्षेत्रमै रहेर जिउन सक्ने वातावरण सरकारले सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले मान्छेको जीवनका लागि संगीत र कला अनिवार्य अंग भएको पनि बताए। उनले समाजको विकास र सभ्यता कहाँ पुगेको छ भन्ने कुरा कला, संगीत, संस्कृतिको क्षेत्र कहाँ पुगेको छ भन्ने आधारमा मापन गर्न सकिने बताए।

उनले कला, संगीतले समाजका यर्थाथहरूलाई, सकारात्मक सुन्दरताहरूलाई अभिव्यक्त गर्ने राम्रो माध्यमको काम गर्ने उल्लेख गरे। उनले संगीत सबै कोणबाट मानवीय जीवन र मानव समाजका लागि अत्यन्तै महत्त्वपूर्ण पक्ष रहेको बताए।

मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारले कलाकारिताको क्षेत्रलाई प्रोत्साहित गर्ने गरी अघि बढ्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर