कर्णालीका मुख्यमन्त्री र मन्त्रीहरूसँग स्विटजरल्याण्डकी राजदूतको भेट

नेपालका लागि स्विटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूसँग भेटवार्ता गरेकी छन्।

उनले मुख्यमन्त्री राजकुमार शर्मा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री मंगलबहादुर शाही र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलसँग भेटवार्ता गरेकी हुन्।

भेटमा कर्णाली प्रदेशको समग्र विकासबारे छलफल भएको राजदूत एलिजाबेथले ट्विटरमा उल्लेख गरेकी छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *