मिटरब्याजीको पक्षमा रहेका जुनसुकै दलका नेता-कार्यकर्तालाई पनि कारबाही गर्छौं : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन्।

आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताएका हुन्।

मधेसमा मिटरब्याजीको जालो फैलिएको भन्दै मन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनैप नि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरे। मन्त्री श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जोकोही राजनीतिक पार्टीका व्यक्ति र पहुँचवाला व्यक्तिहरूलाई सरकारले कारबाही गर्ने चेतावनी दिए।

उनले मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दलका कार्यकर्ताहरूलाई समेत कानूनी दायरामा ल्याइने चेतावनी दिए।

मन्त्री श्रेष्ठले मिटरब्याजीहरू सामन्तवादको भद्दा अवशेषका रूपमा अझै जीवित रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *