पुरातात्त्विक महत्त्वको बुद्ध र नृत्यदेवीको मूर्ति अमेरिकाबाट नेपाल पठाइयो

अमेरिकामा फिल्म निर्माणमा सक्रिय व्यक्ति माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्विक महत्त्वको बुद्धको प्रतिमा नेपाल पठाइएको छ।

क्यालिफोर्निया राज्यको बेर्बेर्लीहिलमा बस्दै आएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराएका हुन्।

साथैं अर्को व्यक्तिगत रूपमा ४२ इन्च अग्लो नृत्यदेवीको मूर्ति पनि संकलन गरिएको छ।

फिलिप्सले बुद्धको प्रतिमा नेपाल सरकारका तर्फबाट सानडिएगो क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई हस्तान्तरण गरेका थिए।

ढुंगाबाट बनाइएको बुद्धको प्रतिमा आठौं शताब्दीको र काठबाट बनाइएको नृत्यदेवीको प्रतिमा दशौं शताब्दीमा निर्माण गरिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

नृत्यदेवीको प्रतिमा इटम वहाल ललितपुर र बुद्धको प्रतिमा मच्छिन्द्र वहाल ललितपुरबाट सन् १९७० को समयमा चोरी भएको थियो।

पछिल्लो एक वर्षमा दूतावासले अमेरिकाका विभिन्न ठाउँबाट पुरातात्त्विक सात मूर्ति संकलन गरी नेपाल पठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर