आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्छ : उपराष्ट्रपति यादव

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।

देशको आर्थिक क्षेत्रमा समेत टेवा पुर्‍याउन आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने उनले बताएका हुन्।

आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै कार्यवाक राष्ट्रपति यादवले आयुर्वेदको समयअनुकूल स्वास्थ्य नीति एवं कार्यक्रम तर्जुमा गर्न र स्वास्थ्य बीमामा आयुर्वेद सेवालाई समावेश गर्ने कार्यमा लाग्न पनि सम्बद्ध सबै पक्षलाई आग्रह गरे। उनले आयुर्वेद चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको वृत्तिविकास, अवसर सिर्जना गर्न सम्बद्ध सबै लाग्ने विश्वाससमेत व्यक्त गरे।

कार्यवाहक राष्ट्रपति यादवले नेपालमा आधाभन्दा बढी आयुर्वेद औषधी आयात गर्नुपर्ने अवस्था रहनु बिडम्बनापूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि स्थानीय जडिबुटी एवं स्रोत साधनहरूको अधिकतम प्रयोग हुने गरी लगानी र उत्पादनमा वृद्धि गर्न जरुरी रहेको बताए।

कार्यवाहक राष्ट्रपति यादवले नेपाललाई मेडिकल टुरिजमको रूपमा विकास गर्ने सम्भावना उच्च रहेको पनि बताए। त्यसका लागि आयुर्वेद क्षेत्रमा लगानी र उत्पादन बढाउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर