सशस्त्र प्रहरीमा सरुवा-बढुवामा कुनै पनि राजनीतिक हस्तक्षेप छैन : महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा-बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताएका छन्।

सोमबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक अर्यालले संगठनभित्रको सरुवा-बढुवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताएका हुन्। उनले सरुवा-बढुवा संगठनले चाहेअनुसार नै भइरहेको स्पष्ट पारे।

उनले भने, ‘त्यस्तो राजनीतिक हस्तक्षेप कुनै पनि छैन यो सशस्त्र प्रहरी बलमा। हामीले संगठनले चाहेअनुसारको सरुवा-बढुवा गरेका छौं।’

उनले सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिहरूलाई हटाइएको पनि बताए। उनले सीमा सुरक्षा गर्नु आफूहरूको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने गरेको उल्लेख गरे।

महानिरीक्षक अर्यालले काममा डिजिटलाइजेशन गर्ने लक्ष्य राखिएको र सोका लागि सरकारले बजेटको सुनिश्चितता पनि दिइसकेको जानकारी गराए। उनले सशस्त्र प्रहरी बललाई आकर्षक सेवाको रूपमा स्थापित गर्ने उद्देश्यसहित अगाडि बढिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर