अर्थमा स्वर्णिम वाग्लेसहित यी हुन् रास्वपाले ताेकेका ३६ विभागीय प्रमुख

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग प्रमुखकाे जिम्मेवारी दिएकाे छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग र विभागीय प्रमुख तोकेकोमा वाग्लेले अर्थ नीति विभाग प्रमुखकाे जिम्मेवारी पाएका हुन् ।

बैठकले नीति तथा विचार विभाग प्रमुखको जिम्‍मेवारी मुकुल ढकाललाई दिएको छ भने कवीन्द्र बुर्लाकोटी संगठन विभाग प्रमुख ताेकिएका छन् ।

यस्तै अन्तर्राष्ट्रिय विभाग प्रमुखमा शिशिर खनाल, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग प्रमुखमा हरि ढकाल, शिक्षा विभाग प्रमुखमा सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तोसिमा कार्की, कृषि विभाग र सहकारी विभाग प्रमुखमा अशोक चौधरी र सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा मनिष झालाई तोकिएको छ ।

हेर्नुहोस् कुन विभागको प्रमुख को ?

१.नीति तथा विचार विभाग – डा. मुकुल ढकाल

२.प्रशिक्षण विभाग – डा. मुकुल ढकाल

३.संगठन विभाग – कवीन्द्र बुर्लाकोटी

४.अभियान तथा प्रचारप्रसार विभाग – विपिन आचार्य

५.अन्तर्राष्ट्रिय सम्बन्ध विभाग – शिशिर खनाल

६.प्रवास नेपाली सम्पर्क विभाग – डोलप्रसाद अर्याल

७. मानवीय विकास प्रवर्द्धन विभाग – कुसुम महर्जन

८.केन्द्रीय RAT संयोजन विभाग – विष्णुकुमार श्रेष्ठ

९.उत्पादन प्रवर्द्धन विभाग – रामकृष्ण भट्टराई

१०.नेतृत्व क्षमता तथा मानव संसाधन विभाग – खुश्बु सरकार श्रेष्ठ

११. जनसम्पर्क विभाग – दीपक बोहोरा

१२.भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग – हरि ढकाल

१३.आर्थिक व्‍यवस्थापन विभाग – लिमा अधिकारी

१४.गुनासो व्‍यवस्थापन विभाग – डा. चन्दा कार्की

१५.विकास योजना तथा नीति तर्जुमा विभाग – डा.अरनिको पाण्डे

१६.तथ्यांक अनुसन्धान तथा अभिलेखीकरण विभाग – मनिष झा

१७.विधेयक मन्थन विभाग – गणेश कार्की

१८.गैरआवासीय नेपाली सम्पर्क विभाग – अर्जुन अधिकारी

१९.कानून तथा न्याय विभाग – सोविता गौतम

२०.अर्थ नीति विभाग – डा.स्वर्णिम वाग्ले

२१.सार्वजनिक लेखा समीक्षा विभाग – मनिष झा

२२.शिक्षा विभाग – सुमना श्रेष्ठ

२३.स्वास्थ्य तथा जनसंख्या विभाग – डा. तोसिमा कार्की

२४.कृषि विभाग – अशोक चौधरी

२५.पर्यटन तथा संस्कृति विभाग – शिशिर खनाल

२६.मुद्रा तथा पुँजीबजार विभाग – विराजभक्त श्रेष्ठ

२७.उद्योग तथा वाणिज्‍य विभाग – गणेश पराजुली

२८.श्रम तथा उपभोक्ता हित विभाग – असिम शाह

२९. यातायात विभाग – शिव नेपाली

३०.पूर्वाधार विकास अनुगमन विभाग – निशा डाँगी

३१.युवा तथा खेलकुद विभाग – डा.तोसिमा कार्की

३२.विज्ञान,सञ्चार तथा सूचना प्रविधि विभाग – सुमना श्रेष्ठ

३३.मानव अधिकार विभाग – सन्तोष परियार

३४.सहकारी विभाग – अशवक चौधरी

३५.वन, वातावरण तथा प्राकृतिक स्रोत विभाग – विनिता कठायत

३६.महिला तथा सामाजिक विकास विभाग – लक्ष्मी तिवारी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर