अपडेट : तनहुँमा घरमा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, ५ घाइते

तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्।

बन्दिपुर गाउँपालिका-५, आँधीखोलास्थित पृथ्वीराजमार्गको आँबुखैरेनी-डुम्रे सडकखण्डमा रहेका दुईवटा घरमा आज बिहान ९:२० बजे ट्रक ठोक्किँदा ८ जना घाइते भएका थिए।

घाइतेमध्ये गम्भीर रहेका ३ जनाको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाणले जानकारी दिए।

उनका अनुसार मृत्यु र घाइते हुने सबै बन्दिपुर-१ निवासी हुन्। ट्रकले ठक्कर दिएका घर र सोही आसपास बस्नेहरू दुर्घटनामा परेका हुन्।

दुर्घटनामा १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको मृत्यु भएको हो।

घाइतेहरू ६ वर्षीया आयुषा भुजेल, १० वर्षीया जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय समीर भुजेल र ५ वर्षीय सन्तोष भुजेलको पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ।

डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो।

दुर्घटनापछि पूर्ण रूपमा अवरुद्ध बनेको राजमार्ग अहिले खुलिसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *