लुम्बिनीको प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता हुने

२५६७ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस-२०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । बुधवार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरी वैशाख २२ गते शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाउने बताएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने भएको हो । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बिहान ७ देखि ९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिने बताए ।

उनले वैशाख २१ गते बिहीवार मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि मध्यरात १२ बजेसम्म महापरित्राण हुने तथा बुद्ध पूर्णिमाको अवसरमा अबदेखि लुम्बिनी परिसर ‘हर्न निषेध’ गरिने बताए । उनले लुम्बिनीको प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता गरिने पनि बताए ।

नले वैशाख २२ गते पण्डितपुरदेखि बुद्धको अस्तधातु रहेको रामग्रामसम्म ‘अस्तधातु यात्रा’ गरिने भएका पनि बताए ।
.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर