नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ दशमलव १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ ।

कुल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २० लाख १५ हजार नौ सय ५९ कित्ता शेयर रु ६० करोड ८१ लाख ३५ हजार ९४ मूल्यमा खरिद बिक्री भए ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको तीन करोड २२ लाख ३७ हजार छ सय सात रुपैयाँ मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर एक करोड ८९ लाख ७६ हजार एक सय तीन, नबिल बैंक एक करोड ६८ लाख २३ हजार, एनआईसी एशिया बैंक एक करोड ५४ लाख ७० हजार छ सय २३ र ङादी ग्रुप पावरको एक करोड ५३ लाख १५ हजार पाँच सय ९२ रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त आठ दशमलब २२,इस्टर्न हाइड्रोपावर सात दशमलव ६१, सनराइज ब्ल्यूचिप फण्ड पाँच दशमलव ८७, राष्ट्र उत्थान लघुवित्त तीन दशमलव ७८ र बलेफी हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ४८ प्रतिशतले बढेको छ । यस्तै एनएमबी बैंकको ऋणपत्र आठ दशमलब ८३, मकर जीतुमाया सुरी हाइड्रोपावर आठ दशमलब ३१, घलेम्दी हाइड्रोपावर पाँच दशमलव ८२, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलब ७५ र श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर