नेपाललाई अन्तर्राष्ट्रिय खेलहरूको हबको रूपमा विकास गरियोस् : खिमलाल देवकोटा

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरूलाई झारो टार्ने काम नगर्न आग्रह गरेका छन्। मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा उनले सो आग्रह गरेका हुन्।

उनले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यहीअनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए। उनले खेलाडीहरूलाई उचित सम्मान र पुरस्कार दिनुपर्ने बताए।

उनले राष्ट्रका लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मानित हुने चलन बढेको गुनासो आइरहेको भन्दै त्यस्तो प्रवृत्ति भए हटाउन आग्रह गरे। देवकोटाले खेल पूर्वाधारमा नेपालमा लगानी बढाई अन्तर्राष्ट्रिय खेलहरूको हबको रूपमा नेपाललाई स्थापित गर्न आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर