नेपाललाई वेस्ट इन्डिज ‘ए’ २ सय १० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो ।

आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । जोनसन चाल्र्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए । उनले तेस्रो खेलमा ११९ रनको शतकीय इनिङ खेले ।

बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट हात पारे । पाँच खेलको सिरिजको तीन खेल सकिँदा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर