सेनाको सफा हिमाल अभियान : अन्नपूर्णबाट ३५ सय किलो फोहोर संकलन

हिमाली इलाकामा बढ्दो प्रदूषण कम गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाइमा गत चैत १४ गतेबाट सुरु भएको सफा हिमाल अभियानअन्तर्गत अन्नपूर्ण हिमाल सफाइ अभियान सकिएको छ।

उक्त हिमाबालट सेनाले ३५६७ केजी फोहोर संकलन गरेको छ। अन्नपूर्ण आधारशिविर र माथिल्लो क्याम्पहरूबाट कुहिने १२१६ केजी र नकुहिने २३५१ केजी फोहोर संकलन भएको हो।

क्याम्पेन लिडर सहसेनानी भीमबहादुर भुजेलको नेतृत्वमा खट्टिएको नेपाली सेनाको १० जना र शेर्पा सहयोगीसहितको गत चैत १५ गते अन्नपूर्ण आधारशिविरका लागि प्रस्थान गरेको थियो।

संकलित फोहोरमध्ये कुहिने १२१६ केजी व्यवस्थापनका लागि स्थानीय निकायलाई बुझाइएको छ। नकुहिने २३५१ केजी फोहोर काठमाडौं ल्याई बुधबार सफा हिमाल अभियान, २०२३ सँग सम्बद्ध संस्था तथा कार्यालयका प्रतिनिधिहरूको रोहवरमा निरीक्षण र अनुगमनपश्चात् क्याम्पेन डाइरेक्टर तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशक सहायक रथी सुन्दरकुमार पाण्डेले फोहोर व्यवस्थापन कम्पनी क्रिएसन भेन्चर्स प्रालिकी सचिव सुजाता कोइरालालाई हस्तान्तरण गरे।

अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोली कार्यसम्पादन गरेर आधारशिविरबाट फिर्ता भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *