भुटानी शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस कार्यक्रममा बोल्दै उनलेसो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन्। अपराधी करार गर्ने भन्दा पनि ती पात्रहरूलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अब नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकी रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए। उनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारे।

सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दूतावासको चासो रहनु स्वाभाविकै हुने पनि बताए।

सांसद वाग्लेले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तर्राष्ट्रिय संगठित अपराध र राजद्रोहको तहको रूपमा लिनुपर्ने बताए। सांसद वाग्लेले भ्रष्टाचारको स्वरूप बदलिएर पैसाबाट शेयर हुँदै अहिले सुन र हीरामा परिणत भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर