काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, २७ जना घाइते

काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। आज बिहान ४ बजे पृथ्वी रागमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-५, सिर्दीस्थित सडकखण्डमा बस पल्टिएको हो।

ग १ ख ९६३५ नम्बरको बस सडकको दायाँतर्फ अन्दाजी ५० मिटर तल खसेको छ। दुर्घटनामा चालक र सहचालकसहित २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी अस्पताल भर्ना गरिएकोमा १५ जना उपचारपछि डिस्चार्ज भइसकेको र ११ जनाको उपचार भइरहेको तथा उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *