भुटानी शरणार्थी प्रकरण

टोपबहादुर रायमाझीलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहँदै आएका रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ परेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर