लामो समय सत्तामा बसेर पनि उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजे : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समायानुकूल जनताका एजेण्डाहरू बोकेर क्रान्तिकारीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन्।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लामो संघर्ष गरेर लोकतन्त्र प्राप्त गरे पनि पूर्ण रूपमा अझै लोकतन्त्र पाउन नसकेको भन्दै अब समयानुकूल वर्तमान एजेण्डा र जनताको चाहना बोकेर अघि बढ्न आवश्यक भएको बताए।

उनले लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेको बताए। उनले विगतका गाथा मात्रै गाएर बस्ने हो भने जनता कम्युनिष्टहरूबाट अलग्गिन सक्ने खतरा रहेको उल्लेख गरे।

उनले जनताले नयाँ विकल्प खोजे पनि ठम्याउन नसकेको बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले वैज्ञानिक भूमि सुधार गरेर किसानहरूमा जमिनको पहुँच, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने र उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गर्ने काम गर्नुपर्नेमा सो हुन नसकेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर