स्वास्थ्यमन्त्री बस्नेत स्विटजरल्याण्ड जाने

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्विटजरल्याण्ड जाने भएका छन्। जेनेभामा यही जेठ ७ गतेदेखि सुरु हुने ७६ औं वर्ल्ड हेल्थ एसेम्ब्लीमा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन्।

उनलाई स्विटजरल्याण्ड जानका लागि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गरेको छ।

जेठ १६ गतेसम्म हुने सो सम्मेलनमा अतिरिक्त सचिव विकास देवकोटा पनि सहभागी हुने सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर