नेपाललाई वेस्ट इन्डिज ‘ए’ को १ सय ७३ रनको लक्ष्य

जारी सिरिजको अन्तिम टि–२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ । वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ कालागि अलि अथान्जेले ४२, जोनसन चार्ल्सले २४, फोर्डले २, रोस्टन चेजले ३३ रन बनाए ।

नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिए । अभिनाश बोहराले १ विकेट लिए ।
नेपालले टस हारेर पहिला फिल्डिङ गरेको हो । वेस्ट इन्डिज ३–१ ले अघि रहँदै सिरिजको उपाधि जितिसकेको छ ।

नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र सागर ढकाल छन् ।

वेस्ट इन्डिज ‘ए’ टोलीमा रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, जोनसन चार्ल्स, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, हेडन वाल्स, मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर