दूरसञ्चार सेवा प्रदायक संस्थाहरूलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न मन्त्री शर्माको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थाहरूलाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न निर्देशन दिएकी छन्।

मन्त्री शर्माले दूरसञ्चार क्षेत्रको प्रयोग बढिरहने तर राजस्व घटिरहने बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुने गरी यसका सेवा प्रदायक संस्थाहरूलाई काम गर्न सचेत गराएकी हुन्।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लक्ष्य निर्धारण गर्न र सोहीअनुसारको कार्यक्रम बनाएर अघि बढ्न पनि सो क्षेत्रका निकायहरू लाग्नुपर्ने आवश्यकता औंल्याइन्।

मन्त्री शर्माले दूरसञ्चार क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि सम्बन्धित निकायहरूबीच व्यापक छलफल गरेर अघि बढ्नुपर्ने बताइन्। उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई नियामक निकायको रूपमा रहेर आफ्नो काममा ध्यान दिन पनि सचेत गराइन्।

मन्त्री शर्माले सूचना प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन नेपाल सरकार प्रतिबद्ध रहेको बताइन्।

मन्त्री शर्माले दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउने काममा विशेष ध्यान दिन पनि सम्बन्धित निकाय लाग्नुपर्ने बताइन्। उनले नेपाल टेलिकमले भारत, चीनलगायतका छिमेकी मुलुकहरूबाट सिकेर पनि यस क्षेत्रको विकासमा काम गर्नुपर्ने बताइन्।

मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर