सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय विश्वराज मरासेनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मरासेनीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

मरासेनी र तत्कालीन लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ मा देवापुर माछापोखरी ठेक्कामा धरौटीबापत ९ लाख २२ हजार ५०० रुपैयाँ सम्झौता हुनुअगाडि नै फिर्ता गरी हानिनोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले पुनः देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गर्दा आफूखुसी ९ लाख ९५ हजार रुपैयाँ घटी राजस्व असुल गरी राजस्व चुहावट गरेको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *