सरकार ‘कुहिरोको काग’ जस्तो अवस्थामा छ : पदम गिरी

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूको प्रश्नको जवाफ गम्भीरताका साथ नदिएको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालबाट गम्भीरता र महत्वका साथ प्रश्नको जवाफ नआएको बताएका हुन्।

प्रश्नोत्तर केवल औपचारिकतामा मात्रै सीमित भएको उनले बताए। मुलुकमा आर्थिक संकट भए पनि समस्याको समाधान गर्ने ठोस योजनाहरूसहितको जवाफ प्रधानमन्त्रीले दिन नसकेको उनको भनाइ छ।

सरकार ‘कुहिरोको काग’ जस्तो दिशाहीन अवस्थामा रहेको उनले बताए। प्रमुख सचेतक गिरीले आगामी बजेट रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने गरी आउनुपर्ने बताए।

त्यस्तै एमाले सांसद योगेशकुमार भट्टराईले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जीवन्त नभएको टिप्पणी गरे। प्रश्न पहिले नै सोध्ने र तयार साथ उत्तर ल्याएर प्रश्नोत्तर गर्दा जीवन्त नहुने उनको भनाइ छ।

प्रश्नोत्तर केवल कर्ममाण्डी मात्रै भएको उनले बताए। भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको घटनालाई सामसुम पारिने हो कि भन्ने आशंका आफूलाई उब्जिएको बताए।

उनले धेरै प्रश्नहरूमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *