भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाउ गर्ने अवस्था छैन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाउ गर्न सक्ने अवस्था नरहेको बताएकी छन्।

नेपाल सरकारकी प्रवक्तासमेत रहेकी उनले सरकारले आफैंभित्र त्यो देखिए पनि त्यसलाई कारबाही गरेर अघि बढ्ने संकल्प लिएको पनि स्पष्ट पारिन्।

प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दाबीसमेत गरिन्।

मन्त्री शर्माले माओवादी मन्त्रीहरूले विगत र अहिले पनि अरू दलका मन्त्रीहरूले भन्दा रामो काम गरिरहेको जिकिर पनि गरिन्।

बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरूले पनि गरेको हुन सक्ने बताउँदै उनले अरू दलका मन्त्रीहरूको तुलनामा भने कम गल्ती गरेको बताइन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकाल बढी सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै प्रशंसासमेत गरिन्।

मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चारमाध्यमहरूलाई आग्रह गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर