बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन्। शनिबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताए। उनले अहिले गल्ती गर्नेहरूलाई समात्न पनि अफ्ठ्यारो हुने गरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे।

उनले अर्थसम्बन्धी विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै नीतित भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए। उनले नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको बताए।

उनले बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताए। उनले बजेट विश्वसनीय बनाउन अप्रिय निर्णय लिन आवश्यक रहेको बताए।

सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्शनलाई प्रहार गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर