भुटानी शरणार्थी प्रकरण : संसदमै आफूलाई चोख्याउँदै ओली

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई चोखो देखाउने प्रयास गरेका छन्।

प्रकरणमा पार्टी सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि संरक्षणका लागि सक्रिय भएको आरोप लागेका ओली ‘पानीमाथिको ओभानो’ बन्ने प्रयास गरेका हुन्।

आइतबार प्रतिनिधिसभा बैठकमा पेस भएको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले उक्त प्रकरणमा दोषीलाई उन्मिुक्ति दिने र निर्दोषलाई फसाउने प्रयास भइरहेको बताए। यद्यपि उनले निर्दोष को हो भन्नेबारे केही खुलाएनन्।

उनले प्रकरणको जम्मै दोष वर्तमान सरकारलाई दिएर आफू सरकारको नेतृत्वमा हुँदा उक्त किसिमको कुनै भ्रष्टाचार नभएको दाबी गरे।

रायमाझीविरुद्धको आरोप सामसुम पार्न प्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’ सँग पटक-पटक भेट गरेको आरोप लागेका ओलीले आफू र आफ्नो पार्टीलाई शुद्ध देखाउने कोसिस गरेका हुन्।

नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने अडानसहित बैठकलाई सम्बोधन गरिरहेका ओलीले सरकारको चर्को आलोचना गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर