२८ औं पटक सगरमाथा आरोहण गरेर कामिरिताले कायम राखे आफ्नो रेकर्ड

कीर्तिमानी आरोही कामिरिता शेर्पाले २८ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

शेर्पा मंगलबार  बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको उनी आबद्ध सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ।

उनी मंगलबार आरोहण दलमा रहेका विदेशीहरूसँगै शिखर पुगेका हुन्। यससँगै उनले विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वाधिक आरोहणको आफ्नो रेकर्ड पुनः कायम गरेका छन्।

गत बुधबार उनले २७ औं पटक सगरमाथा आरोहण गरेका थिए। तर, सोमबार सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाले उनीसँगको रेकर्ड बराबरी गरेका थिए।

वसन्तकालीन सिजनमा कामिरिता सगरमाथा चुचुरोमा दोस्रो पटक पुगेका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *