प्रधानमन्त्रीलाई शंकर पोखरेलको सुझाव- मीठो कुरा गरेर बिर्सिहाल्ने नगर्नुस्

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री दाहाललाई जहाँ गए पनि मीठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलको सुझाव थियो।

मंगलबारबाट काठमाडौंमा सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले सामुदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे।

महासचिव पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिबीमाथि विजय हासिल गर्ने माध्यामको रूपमा लिएर अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए। उनले वन संरक्षणको नाममा स्थानीय समुदायलाई विस्थापित गर्ने खालको नीति खारेज गर्न पनि सरकारलाई सचेत गराए।

महासचिव पोखरेलले वन क्षेत्रको विकास गरी गरिवी हटाउन सकिन्छ भन्ने मान्यतालाई कार्यान्वयनमा लैजानका लागि सरकारले स्थानीय तहको आम उपभोक्तासँगको साझेदारीमा जोड दिनुपर्ने तर्कसमेत गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर