हेटौंडामा बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

हेटौंडामा यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

आज बिहान मकवानपुरको मनहरि गाउँपालिका-६, नयाँ बस्तीस्थित पूर्व-पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मनहरि-७ की ६० वर्षीया मनमाया स्याङ्तानको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी स्याङ्तानलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार अस्पताल पुग्नासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

बस चालक इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *