सरकारले गरिखाने देशका रूपमा नीति बनाउन सकेन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातवारण नदेखिएको स्पष्ट हुने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको बताएका हुन्।

उनले सरकारले अनुदान लिने भन्दा पनि लगानी भित्र्याउने नीति लिनुपर्नेमा जोड दिए। लगानीले रोजगारीको अवसर सिर्जना गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने उनको भनाइ छ।

उनले स्थानीय तहहरूलाई जवाफदेही बनाउने ठोस कार्यक्रम पनि सरकारले ल्याउन नसकेको बताए। उनले स्वदेशी र विदेशी लगानी प्रवर्द्धन गरी उद्यमशिलतालाई बढावा दिने कुरामा ठोस कार्यक्रम नभएको पनि टिप्पणी गरे।

उनले व्यापारी, व्यवसायीलाई नेताले संरक्षण गर्ने नभई नीति ले संरक्षण गर्नुपर्ने अवस्था बनाउनुपर्ने बताए। सरकारको नीति तथा कार्यक्रम ज्येष्ठ नागरिक, अशक्त तथा अपांगता भएका व्यक्तिहरूको पक्षमा नभएको समेत उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *