रुकुम पश्चिममा जीप दुर्घटना, पाँच जनाको मृत्यु

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

बाँफिकोट गाउँपालिका-८, दुलीमा आज बिहान भएको जीप दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए।

सानीभेरी गाउँपालिका-५, मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको लु१ज १७४७ नम्बरको जीप दुलीको मोतिखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडामगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफिकोट गाउँपालिका-८ की २२ वर्षीया रेखा खनाल (केसी), उनका छोरा २२ दिने शिशु रोशन केसी र सोही ठाउँकी २३ वर्षीया सितला नाम गरेकी यात्रुको मृत्यु भएको हो।

१५ जना सवार जीपमा बाँकी सबै घाइते भएका छन्। गम्भीर घाइते चार जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

अन्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

दुर्घटनाग्रस्त जीप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर