रौतहटमा गोली हानेर वृद्धको हत्या

रौतहतको देवाही गोनाही नगरपालिका-१, करुनियामा वृद्धको गोली हानी हत्या भएको छ।

पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।

बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसले उनलाई गोली हानेर हत्या गरेकोबारे यकिन हुन सकेको छैन। तैयबको शव घरबाट करिब एक किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ।

उनको शव प्रादेशिक अस्पताल, गौरमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको तथा यस घटनाबारे अनुसन्धान सुरु गरिएको र परीक्षणको रिर्पोट आएपछि यसबारे थप जानकारी प्राप्त हुने प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *