सत्तापक्षले संसद चलाउन चाहेन : महेश बर्ताैला

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको बताएका छन्।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका हुन्।

उनले राज्यको सम्पत्ति कति छ भन्ने कुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पत्ति कहाँ कति छ भन्ने कुरा बताउन नसकेको बताए।

आफूहरूले संसदमा उठाएका कुरा सम्बोधन नभएकाले सरकार सदनप्रति जिम्मवार नभएको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर