विश्वविद्यालयमा राष्ट्रपति कुलपति हुने व्यवस्था गर्न नेविसंघको माग

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विश्वविद्यालयहरूको कुलपति राष्ट्रपति राख्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै नेपाल विद्यार्थी संघले विश्वविद्यालयको कुलपति राष्ट्रपति हुने व्यवस्था गर्न माग गरेको हो।

विश्वविद्यालयमा राजनीतिकरण हुन नदिन पनि भारतमा जस्तै नेपालमा पनि राष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुपरेको संघका अध्यक्ष दुजाङ शेर्पाले बताए। त्यसैगरी संघले विश्वविद्यालयको पदाधिकारी योग्यता, क्षमता र कार्ययोजनाको आधारमा नियुक्ति गर्न पनि सरकारलाई सुझाव दिएको छ।

ज्ञापनपत्रमा सडक, हवाई, यातायात, स्वास्थ्य र मनोरञ्जनको क्षेत्रमा विद्यार्थीहरूलाई ४५ प्रतिशत सहुलियत प्रदान गर्नुपर्ने, परीक्षा प्रणालीलाई समयमै सम्पन्न गर्नुपर्नेलगायतका मागहरू पनि समावेश गरिएको छ।

संघले ११ महिनादेखि रिक्त त्रिभुवन विश्वविद्यालय शिक्षा सेवा आयोगको अध्यक्ष तत्काल नियुक्त गर्न, संघीय शिक्षा ऐन तत्काल ल्याउन, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर