बजेट २०८०/०८१

राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान रहेको बताएका छन्। सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो बताएका हुन्।

चालु आर्थिक वर्षमा ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ। अर्थमन्त्री महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए।

उनले र चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचनलगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको बताए। वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता नआएको बताए।

उनले सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान रहेको बताए। उनले आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वेदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर