बजेट २०८०/०८१

स्वास्थ्य क्षेत्रको बजेट बढ्यो, ८३ अर्ब ९९ करोड बजेट विनियोजन

सरकारले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्ब ९९ करोड विनियोजन गरिएको बताएका हुन्।

उनले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रको बजेट १४ अर्बले बढाएको बताए। उनले स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य सरकारको रहेको बताए।

उनले गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो। त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीयस्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा. महतले बताए।

उनले ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गरिएको बताए। उनले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताए। उनले औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको बताए।

उनले स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने बताए। उनले बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताए। उनले सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’ का लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरेको बताए।

उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शैय्यामा विस्तार गरी पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने बताए। उनले सरुवा रोग अस्पताल निर्माण एवं विस्तारका लागि बजेटमा ४६ करोड रुपैयाँ विनियोजन गरेको बताए।

सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ। अर्थमन्त्री महतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने बताए।

उनले बीपी कोइराला क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर