बजेट २०८०/०८१

शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९३ करोड विनियोजन, दिवा खाजालाई ८ अर्ब ४५ करोड

सरकारले दिवा खाजालाई ८ अर्ब ४५ करोड, जंक फुड दिन नपाइने व्यवस्था गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरेको बताए।

उनले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको बताए। उनले दिवा खाजाको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको बताए।

अर्थमन्त्री महतले स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत बताए। उनले दिवा खाजा कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरेको बताए।

त्यस्तै सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रुपैयाँ विनियोजन गरेको ट। अर्थमन्त्री महतले सरकारले सबै विषय पढेकाले शिक्षण अनुमतिपत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गरे।

उनले सबै विषय पढेकालाई शिक्षण अनुमतिपत्रको परीक्षा दिन पाउने कानूनी व्यवस्था गरिने बताए। उनले शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन गरिएको बताए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर