बजेट २०८०/०८१

सडक निर्माणमा स्वदेशी सिमेन्ट प्रयोग गर्नुपर्ने

सरकारले स्वदेशी सिमेन्ट उद्योगहरूको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरू निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वदेशी सिमेन्ट उद्योगहरूको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरू निर्माण गरिने बताए।

उनले आगामी आर्थिक वर्षदेखि स्वदेशी सिमेन्टका सडक बनाउने नीति अघि सारेको बताए। उनले यसबाट बलियो र टिकाउ सडक संरचना निर्माण गर्नुका साथै बिटुमिनको आयातमा कमी ल्याउन सकिने बताए।

उनले सरकारले ढुंगा र गिटी निकासी गर्न आधार तयार गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर