बजेट २०८०/०८१

झन्डै दोब्बरले बढ्यो शहरी विकास मन्त्रालयको बजेट

सरकारले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका हुन्।

सरकारले शहरी विकास मन्त्रालयकाे बजेट चालु आर्थिक वर्षको भन्दा बढाएर झन्डै दोब्बर पुर्‍याएको छ। अर्थमन्त्री महतले मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि करीब ३० अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिएको बताए।

उनले स्थानीय सरकारसँगको समन्वयमा वाग्मती र विष्णुमतीलगायत नदी किनारामा रहेका सुकुम्वासी बसोवास हटाइने बताए। उनले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्वासीको वैकल्पिक व्यवस्थापन गरी वाग्मती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोवास हटाइने बताए।

उनले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताए। उनले भवनको आन्तरिक पूर्वाधारलगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको बताए।

उनले स्थानीय तहका पालिकाकाहरूको भवन पनि लागत साझेदारीमा निर्माण गरिने बताए। उनले लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर