उज्जैनबाट इन्दोर लागे प्रधानमन्त्री

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेशको उज्जैनबाट पुनः इन्दोर फर्किएका छन्।

उज्जैनमा महाकाल मन्दिरमा विशेष पूजा र करिडोरको अवलोकनपछि उनलाई पुष्प गुच्छा र उपहार दिएर मध्य प्रदेशका राज्यपाल मंगूभाइ पटेलले बिदाइ गरेका छन्।

दिउँसो उज्जैन जानुुअघि दाहाल दिल्लीखदेखि हवाईमार्गबाट बिहान इन्दोर गएका थिए। इन्दोरको देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहाल आजै साँझ आफ्नो सम्मानमा मध्य प्रदेशका मुख्यमन्त्री चौहानले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्।

भ्रमणको अन्तिम दिन शनिबार बिहान उनले टाटा कन्सलटेन्सी सर्भिस र इन्फोसिस स्पेशल इकोनोमी जोनको अवलोकन गर्ने कार्यक्रम छ।

त्यस दिन दिउँसो २ बजे उनी इन्दोरबाट दिल्ली फिर्ता हुनेछन्। शनिबार अपराह्न ४:२० बजे दाहाल दिल्ली एयरपोर्टबाट काठमाडौं फर्कने कार्यक्रम छ।

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर