देशको समग्र हितको रक्षापछि मात्रै संसदमा गतिरोध अन्त्य हुन्छ : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताए।

उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ।’

प्रतिपक्षी दलहरूको विरोधका कारण १ घण्टाका लागि स्थगित भएको बैठक अब भोलि मात्र बस्ने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *