प्रधानमन्त्रीको भारत भ्रमणमा १५ वटा राँगा ल्याउने बाहेक केही प्रगति भएन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण फितलो भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फितलो प्रदर्शन गरेको बताएका हुन्।

उनले प्रधानमन्त्री भ्रमणका क्रममा नेपालको शिर ठाडो पार्ने गरी गौरवपूर्ण ढंगले प्रस्तुत हुन नसकेको बताए। उनले भ्रमणका क्रममा प्रोटोकल पनि नमिलेको उल्लेख गरे।

अध्यक्ष ओलीले आफ्नो स्वकीय सचिवका रूपमा छोरीलाई छेउमा राखेको भए पनि परराष्ट्रमन्त्री, सचिव र चिफ अफ प्रोटोकल नजिक नहुनु गलत भएको बताए।

अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै उपलब्धि नभएको बताए। उनले १५ वटा राँगा ल्याउने बाहेक कुनै प्रगति नभएको टिप्पणी गरे।

अध्यक्ष ओलीले नागरिकतासम्बन्धी विधेयक संसदमा पुनः ल्याउनुपर्ने बताए। उनले सो विधेयकको सम्बन्धमा संसदमा छलफल गर्न पाउनुपर्ने बताए। संसदमा नयाँ सदस्यहरू आएको भन्दै उनले विधेयकको सम्बन्धमा संसदमा छलफल आवश्यक रहेको बताएका हुन्।

उनले प्रधानमन्त्रीको भारत भ्रमणले राष्ट्रिय स्वाभिमानमा धक्का पुगेको र सरकारमाथि सन्देह पैदा भएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *