आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमाः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पु¥याएको बताएका हुन् । प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरु सम्बोधन गर्ने आश्वासन दिए ।

उनले आम नागरिकलाई गुणस्तरीय सेवा पु¥याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने पनि बताए ।

प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पु¥याउने सरकारको अपेक्षा रहेको बताए । वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति, उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर