‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड-२०२३’ : यी हुन् सम्मानित कलाकार, खेलाडी र सञ्चारकर्मी

काठमाडाैंमा आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड-२०२३’ को छैठौं संस्करणमा कलाकार, खेलाडी र सञ्चारकर्मी सम्मानित भएका छन् ।

वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बाँस्कोटा, गायिका देविका वन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोषकुमार देवकोटा, वरिष्ठ मनोरञ्जन पत्रकार डब्बु क्षेत्री, रजतपटका प्रस्तोता तथा चलचित्र पत्रकार प्रकाश सुवेदीलगायतका नेपाली खेलाडी, कलाकार र सञ्चारकर्मीहरूलाई विशिष्ट सम्मान प्रदान गरिएको हाे ।


सांसद तथा व्यवसायी विनोद चौधरी मुख्य अतिथि रहेको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ मा बलिउडका सदावहार कलाकार तथा चर्चित खलपात्र रञ्जित, ९० को दशकको चर्चित सिनेमा ‘मैने प्यार किया’ स्टार अभिनेत्री भाग्यश्री, दार्ह्रा सिंहका सुपुत्र विन्दु दाह्रा सिंह, कमेडियन भीआईपी कार्यक्रमका मुख्य आकर्षण थिए ।

अवार्ड समारोहमा वरिष्ठ हास्य अभिनेत्री वसुन्धरा भुसाल, सांसद विनोद चौधरी, अभिनेता तथा निर्देशक आकाश अधिकारी, भाग्यश्री, विन्दु दाह्रा सिंह, कमेडियन भीआईपीलगायतले अवार्ड तथा सम्मान प्रदान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर