ऋण लिएर साधरण खर्च गर्ने सरकारको प्रचलन रोकिनुपर्छ : अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ऋण लिएर साधरण खर्च गर्ने सरकारको प्रचलन रोकिनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट- अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन्।

उनले मुलुकको आन्तरिक आम्दानीले पुग्नेसम्मको मात्रै साधरण खर्च गर्न आवश्यक रहेको बताए। उनले सरकारले सामाजिक सुरक्षा भत्तालगायतको विषयमा अब सोच्नुपर्ने अवस्था रहेको बताए।

अध्यक्ष मल्लले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुग्न मुस्किल रहेको बताए। उनले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखे पनि २.१६ प्रतिशत कायम रहेको भन्दै ६ प्रतिशत राख्दा त्योभन्दा कम भए मुलुक आर्थिक संकटमा जाने बताए।

उनले अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्नेभन्दा पनि वितरणमुखी बजेट आएको बताए। सरकारले १ खर्ब ५३ अर्ब रुपैयाँ सामाजिक सुरक्षा भत्तामा जाने भन्दै अबको १० वर्षमा १० गुणा वृद्धि भए पुर्‍याउन नसक्ने बताए।

उनले सरकारको नेतृत्व गरे पनि जनताले तिरेको कर उद्योगी व्यवसायीलाई समेत सम्मान हुने गरी प्रयोग गर्नुपर्ने बताए। उनले बजेटमा एउटा ल्याउने र पछि हेर्दा करका दर वृद्धि भएको थाहा पाएको बताए।

सरकारले करको दरभन्दा पनि दायरा बढाउन आवश्यक रहेको बताए। उनले ४० प्रतिशत व्यवसायी करको दायरामा नआएको सरकारी तथ्यांक रहेको भन्दै कर तिर्नेहरूको टाउकामा मात्रै सरकारले तबला बजाउन नहुने बताए।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले सरकारको आर्थिक नीतिका कारण आगामी आर्थिक वर्षमा लगानी संकुचन हुने बताए। उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न तयारी वस्तु र कच्चा पदार्थ भन्सार दरमा कम्तीमा दुई तहको फरक हुनुपर्ने भए पनि हुन नसकेको बताए।

उनले निजी क्षेत्रलाई सरकारले आर्थिक संवाहकको रूपमा स्वीकार गरेको भए पनि कर प्रणालीले अवरोध गरेको बताए। सरकारले बजेटमार्फत ल्याएको आर्थिक विधेयकमा करका नीति स्पष्ट हुन नसकेको उनको भनाइ छ। उनले मुलुकको निर्यात बढाउन नगद अनुदान बढाउन दिएको सुझाव कार्यान्वयन नभएको गुनासो गरे।

उनले औद्योगिक क्षेत्रभित्र सञ्चालन हुने उद्योगहरूले पाउने सुविधाको विषयमा बजेटमा नबोलिएको बताए। उनले उद्योगहरूलाई औद्योगिक क्षेत्रभित्र आकर्षित गर्न स्पष्ट सुविधाहरू ल्याउन आवश्यक रहेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर