विद्युतीय गाडीमा व्यवसायीले धेरै मार्जिन राखेका छन् : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशरण महतले व्यवसायीहरूले विद्युतीय सवारी साधनमा धेरै मार्जिन राखेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणका बेला अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्ने विषयमा प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन्।

उनले विद्युतीय सवारी साधनमा कर नबढाइएको भन्दै धेरै सहुलियत दिइएको दाबी गरे। तर, सरकारले छुट दिए पनि व्यवसायीहरूका कारण ग्राहकले त्यसको लाभ लिन नपाएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर