बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौं : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन्। बजेट सच्याए आफूहरूले सरकार असफल भयो भनेर नभन्ने अध्यक्ष ओलीले बताए।

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारूढ दलहरूले अहंकार देखाएर बजेटमा कमा र फुलस्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए।

ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने बताए।

अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दाबीसमेत गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर