नेपालमा सहकारी बैंक खोल्न अनुमति दिनुपर्‍याे : विमलेन्द्र निधि

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा सहकारी बैंक खोल्ने अनुमति दिन माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद निधिले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भए पनि राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै बैंक खोल्ने स्वीकृति दिन माग गरेका हुन्।

उनले सहकारी बैंक खोल्न न्यूनतम ५०० जना शेयर होल्डर हुनुपर्ने प्रावधानअनुरूप सहकारी विभागमा बैंक खोल्न आवेदन परेको भए पनि राष्ट्र बैंकले पूर्वस्वीकृति नदिँदा काम रोकिएको बताए।

उनले हाल एउटा मात्रै सहकारी बैंक रहेको अवस्थामा त्यसको एकाधिकारलाई अन्त्य गरी प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताए।

उनले सहकारीहरूको राम्रो व्यवस्थापन गर्न सके अर्थतन्त्रको तरलताको समस्या र रोजगारीको समस्या हल गर्न सकिने बताए।

सांसद निधिले मधेस प्रदेशमा सिँचाइको व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको पुनःसंरचना गर्नुपर्ने तथा संविधान र संघीयताको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।

उनले राष्ट्रपतिले संविधानसम्मत रूपले नागरिकता विधेयक प्रमाणीकरण गरेको उल्लेख गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर