सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको छ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाइसकेको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने दाबी गरेका हुन्।

अध्यक्ष ओलीले बहुमत भएकाले संसदबाट बजेट पारित भए पनि त्यसले कुनै परिणाम नदिने बताए। सरकार यथास्थितिवाद र पश्चागमनको मार्गमा रहेको भन्दै उनले कुनै पनि काम गर्ने उत्साह र जाँगर नभएको बताए।

अध्यक्ष ओलीले नेपाललाई विकसित देशमा रूपान्तरण गर्ने र नेपाली जनतालाई सम्पन्न बनाउन नसक्ने कुरा बजेटमार्फत नै सरकारले स्वीकार गरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर