फास्ट ट्र्याक निर्माणको बजेट रक्षा मन्त्रालयमा पठाऔं : सांसद महासेठ

नेकपा (एमाले) का सांसद रघुवीर महासेठले फास्ट ट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत बजेट पठाउनुपर्ने बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महासेठले फास्ट ट्र्याक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत बजेट जाने गरे पनि मन्त्रालयको अन्य कुनै भूमिका नभएको भन्दै यसमा पुनर्विचार गर्नुपर्ने बताएका हुन्।

उनले भौतिक पूर्वाधार मन्त्रालयले अनुगमन गरी सही वा गलत भनी टिकाटिप्पणीसमेत गर्न नपाउने भन्दै यसको आर्थिक जिम्मेवारी रक्षा मन्त्रालयमार्फत नै हुनुपर्ने धारणा राखेका हुन्।

त्यस्तै फास्ट ट्र्याक नेपाली सेनाले बनाउन सक्छ कि सक्दैन भन्ने विषयमा पनि छलफल आवश्यक रहेकाले सत्तापक्ष र प्रतिपक्षले यस विषयमा छलफल गर्नुपर्नेमा जोड दिए।

उनले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने बताए। त्यस्तै उनले नागरिकता विधेयक सम्बन्धमा छलफल भइरहे पनि जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिने गरी एउटा विधेयक ल्याउन सरकारसँग माग गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर