अल्पमतमा परेपछि कोशी प्रदेश सरकारले बनायो पहिचानवादीसँग वार्ता गर्न टोली

नेकपा (माओवादी केन्द्र) र जनता समाजावादी बाहिरिएपछि अल्पमतमा परेको कोशी प्रदेश सरकारले प्रदेश नामकरण विवाद समाधान गर्न वार्ता टोली गठन गरेको छ।

कोशी प्रदेश नामकरण भएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए। आन्दोलनलाई मत्थर बनाउन तथा समस्या समाधान गर्न मुुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीलाई वार्तामा आउन आह्वान गर्दै आएका थिए।

विभिन्न राजनीतिक दलका साथै प्रदेशसभाको बैठकको शून्य समय तथा विशेष समयमा पनि वार्ता टोली गठनका विषयमा चर्चा हुँदै आएको थियो।

प्रदेश सरकारले बुधबार पहिचानवादीसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो। उक्त टोलीको सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला रहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर